PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध नेपाल १६८ रनमा अलआउट



पहिलोपोस्ट

यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध नेपाल १६८ रनमा अलआउट
फोटो : रमन शिवाकोटी

काठमाडौ : यू-१९ विश्वकप छनोट अन्तर्गत नेपालले अहिले चौथो खेलमा आयोजक सिंगापुरसँग खेलिरहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले घरेलु टोली सिंगापुरलाई १ सय ६९ रनको लक्ष्य दिएको छ।

इन्डियन एसोसियसन ग्राउण्डमा लगातार चौथो खेलमा टस जितेको नेपालले आज पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

तर कप्तान सन्दीपको उक्त निर्णयलाई सही साबित गर्न नेपाली ब्याट्सम्यान चुक्दा नेपाल पूरै ५० ओभर पनि क्रिजमा टिक्न सकेन र ४६.५ ओभरमा १ सय ६८ रनमै अलआउट भयो।

यसअघिका खेलजस्तै यसपटक पनि नेपालको ब्याटिङ लाइन जम्न सकेन। दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन। ऐरीले ८३ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५४ रन बनाए।

यस्तै सन्दीप सुनारले २६, प्रकास केसीले २३ तथा रोहित कुमार पौडेलले १५ रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन।

ब्रिक्रम बिर बिश्वरेले ३ तथा अर्यमन सुनिल र अहान गोपिनाथले समान २ विकेट लिए।

दोस्रो इनिङ्सको  अपडेट हेर्न यहाँ क्लिक गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell