PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सामूहिक बलात्कार गरी महिलाको हत्या गर्ने तीनजना पक्राउ



पहिलोपोस्ट

सामूहिक बलात्कार गरी महिलाको हत्या गर्ने तीनजना पक्राउ

गौशाला: महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षीय जिवरुल राइन कवारी र भंगहा गाउँपालिका–९ बस्ने ललित दासकी पत्नी ३७ वर्षीया अमृतादेवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए।

पक्राउ परेका तीनैजनाले पाँच÷छ जनाको समूहमा भंगहा गाउँपालिका–९ बस्ने लक्ष्मण दासकी पत्नी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते राति ११ बजेको समयमा उनी आफ्नो घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर ढोका खोल्ने बित्तिकै मुख नाक बन्द गरेर घरभन्दा ४०० मिटर उत्तर खेतमा लगी चार÷पाँच जनाले सामूहिक बलात्कार गरी उनको हत्या गरेको प्रहरी उपरीक्षक लम्सालले बताए।

गरिबीका कारण विगत १५ वर्षदेखि पति लक्ष्मण दास वैदेशिक रोजगारीमा रहेका शिलादेवी दास छोरा बुहारीसँग घरमा सुतिरहेको अवस्थामा उनलाई अभियुक्त अमृता देवीले घरबाट बाहिर बोलाइकी थिइन्। चार÷पाँच जनाले उनको दुवै हात, खुट्टा बाँधेर पालैपालो बलात्कार गरेर उनलाई टाउकोमा इँटाले हानेर हत्या गरी फालिदिएको अवस्थामा प्रहरीले वैशाख २० गते बिहान ७ बजे उनकै बारीमा फेला पारेको थियो।

घटना घटेको तीन महिनाभन्दा बढी भइसक्दा पनि गाउँमै बसिरहेका तीनैजनालाई प्रहरीले मङ्गलबार मात्र पक्राउ गर्न सफल भएको हो। घटनामा संलग्न अन्यको खोजतलास भइरहेको र चाँडै समातिने प्रहरी उपरीक्षक लम्सालले बताए।

प्रहरीले तीनै जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइसकेको प्रहरी उपरीक्षक लम्सालले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell