PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

गृहमन्त्रीले भने– गृह प्रशासन सुधार्न इमान्दार भएर लागेको छु, विचलित हुने छैन



पहिलोपोस्ट

गृहमन्त्रीले भने– गृह प्रशासन सुधार्न इमान्दार भएर लागेको छु, विचलित हुने छैन

ललितपुरः गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधारका लागि आफूले इमान्दारीपूर्वक प्रयत्न गर्ने बताएका छन्। 

बुधबार सुमेरु ग्रुपको १९ औं वाार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गृहमन्त्री शर्माले गृह प्रशासन सुधारका लागि आफूले कसैलाई विभेद नगर्ने बताए।

उनले भने,‘चमत्कारी ढंगले केही गरौं त्यस्तो हैन, इमान्दार भएर काम गर्ने मेरो प्रतिवद्धता हो, त्यसबाट विचलित हुने छैन।’ 

शान्ति सुरक्षा स्थापित गर्न प्रहरी राज्यको पहिलो हात भएको भन्दै शर्माले प्रहरी संगठनको समस्या समाधान गरेर व्यवस्थित परिचालन गर्दा मनोवल बढ्ने र जनताका समस्या समाधान हुने भएकाले आफू त्यसतर्फ प्रयत्न गरिरहेको बताए।

आफूबाट धेरै अपेक्षा नगर्न आग्रह गर्दै गृहमन्त्री शर्माले भने, ‘इमान्दार प्रयत्न मात्रै गर्नेछु, तल्लो दर्जाको मनोवल कसरी वृद्धि गर्ने र जनताको सेवामा लगाउने भन्नेतिर मैले ध्यान दिएको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell