PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मर्स्याङदीमा ट्रक खस्दा एक बेपत्ता, दुईको उद्धार



रासस

मर्स्याङदीमा ट्रक खस्दा एक बेपत्ता, दुईको उद्धार

लमजुङ : मर्स्याङदी नदीमा ट्रक खस्दा एक जना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेंसीसहरबाट मनाङतर्फ गइरहेको बा २ ख ९६०६ नम्बरको मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते भएका छन्।

दुबैजनालाई स्थानीयवासीले नदीबाट उद्धार गरेका छन् । घाइते दुबै जनालाई उपचारका लागि सदरमुकाम बेँसीसहर ल्याउँदै गरिएको प्रहरीले जनाएको छ। 

नदीमा खसेर दुई टुक्रा भएको ट्रकको एक भाग नदीले बगाएको छ भने एक भाग नदी छेउमा रहेको छ। ट्रकमा रेफ्रिजेरेटर, इन्भरर्टरलगायतका सामान रहेका थिए । स्थानीयवासी पदम गुरुङकाअनुसार दुर्घटनास्थल भन्दा दुई किलोमिटर तलसम्म रेफ्रिजेरेटर भेटिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell