PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बसको ठक्करबाट विराटनगरमा मोटरसाइकल चालकको मृत्यु



रासस

बसको ठक्करबाट विराटनगरमा मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी : विराटनगर–५ स्थित कोशी राजमार्गमा आज दिउसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

दक्षिणबाट उतरतर्फ गइरहेको मे १ ख २४६७ नम्बरको बसले विपरित दिशाबाट आइरहेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ताका ३० वर्षीय सुरेश भट्टराईको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell