PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

डीआईजीमा १५ जनाको नाम सिफारीस, एक नम्बरमा सर्वेन्द्र खनाल



सविन ढकाल

डीआईजीमा १५ जनाको नाम सिफारीस, एक नम्बरमा सर्वेन्द्र खनाल

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीलाई बढुवा सिफारीस गरेको छ।

गृह मन्त्रालयका सचिव अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव सदस्य तथा प्रहरी अत्तिरिक्त महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिको सिफारिसमा  १५ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो।
 
सिफारिस परेका मध्ये एक नम्बरमा सर्बेन्द्र खनाल छन् भने  दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की छन्।

त्यसपछि क्रमशः उत्तम कार्की, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्दसहित १५ जना छन्।

 
समितिको सिफारिसमा आजै प्रहरी प्रधान कार्यालयले ११ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell