PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

साफ यू -१५ च्याम्पियनसिप नेपालमा, यू-१८ भुटानमा हुने



पहिलोपोस्ट

साफ यू -१५ च्याम्पियनसिप नेपालमा, यू-१८ भुटानमा हुने

काठमाडौं  : दक्षिण एसिया फुटबल महास‌ंघले साफ यू-१५ च्याम्पियनसिप र साफ यू-१८ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ। 

जसअनुरुप यू-१५ च्याम्पियनसिप नेपालमा आगामी अगस्टमा हुनेछ। यस्तै यू-१८ च्याम्पियनसिप सेप्टेम्बरमा भुटानमा हुनेछ। 

यसपटक यू-१९ र यू-१६ को उमेर घटाएर यू-१८ र यू-१५ बनाइएको हो। 

घरेलु मैदानमा भएको यू-१९ को पहिलो संस्करणमा नेपाल च्याम्पियन बनेको थियो।

सेप्टेम्बर १८ देखि २७ सम्म भुटानको चालिमियाथाङ स्माटेडियममा  हुने यू-१८ च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स र श्रीलंका समुह बी मा छ। 

यस्तै पहिलो स‌ंस्करणको उपविजेता भारत, ब‌ंगलादेश र आयोजक भुटान समूह ए मा छन्।  नेपालले सेप्टेम्बर १९ मा श्रीलंका र सेप्टेम्बर २३ र माल्दिभ्ससँग खेल्नेछ।  

यता  अगस्ट १८ देखि २७ सम्म एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने साफ यू-१५ च्याम्पियनसिपमा नेपाल, भारत र माल्दिसभ्स समूह बी मा परेका छन् भने श्रील‌ंका, बंगलादेश र भुटान समूह ए मा छन्। 

नेपालले अगस्ट २१ मा पहिलो खेल माल्दिभ्स तथा अगस्ट २३ मा दोस्रो खेल भारतसँग खेल्नेछ।  

कूल दशमध्ये फाइनलसहित ८ खेल एन्फा कम्प्लेक्समा हुनेछ भने दोस्रो सेमिफाइनल र तेस्रो स्थानको खेल हलचोकस्थित एपीएफको मैदानमा हुुनेछ।








@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell