PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सेती नदीले बगाएर एक  मजदुर बेपत्ता



रासस

सेती नदीले बगाएर एक  मजदुर बेपत्ता

दमौली : तनहुँको ब्यास नगरपालिका– १४ स्थित मास्दीघाटबाट शुक्रबार अपरान्ह सेती नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन्। 

सेती नदीले बगाएर चितवनको चण्डीभञ्ज्याङ– २ घर भई हाल इच्छाकामना गाउँपालिका बस्ने २५ वर्षीय वीरबहादुर भुजेल बेपत्ता भएका हुन्। 

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा उनी सेती नदीमा डुबेर बेपत्ता भएका हुन्। स्थानीय बासिन्दा र प्रहरीले भुजेलको खोजी गरिरहेका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell