PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मेनुका पौडेल नेपाल आइडलबाट बाहिरिइन्, अब टप टेनबीच प्रतिस्पर्धा हुने



मेनुका पौडेल नेपाल आइडलबाट बाहिरिइन्, अब टप टेनबीच प्रतिस्पर्धा हुने

काठमाडौँ : रियालिटी टेलिभिजन सो नेपाल आइडलबाट बिर्तामोड, झापाकी मेनुका पौडेल बाहिरिएकी छिन्। 

शुक्रबार प्रसारण भएको कार्यक्रममा दर्शकको कम भोट पाएको भन्दै मेनुका आउट भएको घोषणा गरिएको हो। मेनुका गत हप्ता पनि डेन्जर जोनमा परेकी थिइन्। 

बिहीबार एकल प्रस्तुतिपछि नेपाली दर्शकका लागि एसएमएसबाट र विदेशमा रहने दर्शकका लागि एपबाट शुक्रबार मध्याह्नसम्म गरिने भोटिङमा सबैभन्दा कम भोट पाउने चार जना प्रतिस्पर्धीलाई डेन्जर जोनमा राख्ने गरिन्छ। 

यो हप्ता पहिलो पटक केन्जल मेहर श्रेष्ठ डेन्जर जोनमा परिन्। केन्जलसँगै मेनुका पौडेल, सन्ध्या जोशी र निशान भट्टराई पनि डेन्जर जोनमा परे। 

यी मध्ये सबैभन्दा कम भोट पाउने मेनुका आउट भइन्। 

दृष्टिविहीन भएर पनि पियानो र थियटर राउन्ड पार गर्दै टप ११ मा पुग्न सफल १८ वर्षीया मेनुका बाहिरिँदा जज र प्रतिस्पर्धीहरुसमेत भावुक भएका थिए। 

हरेक हप्ता एक-एक जना प्रतिस्पर्धी आउट हुँदै टप थ्रीमा पुगिसकेपछि नेपाल आइडल छान्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धा हुन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell