PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरिया एकता समाजद्वारा १२ लाख रुपैयाँ सहयोग प्रदान



रासस

विराटनगर : दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई १२ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। 

दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ का उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो। 

समाजले शुक्रबार पौडेलकी ६ वर्षीया छोरी युनिशा पौडेलको पठनपाठनका लागि ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो। 

उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बैंक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गरेका हुन्। 

सचिव साङहाम्फेले आगामी दिन थप सहयोग उपलब्ध गराउने आश्वासनसमेत दिए। 

स्व पौडेलकी श्रीमतीले समाजद्वारा प्राप्त सहयोगबाट छोरीको अध्ययनका लागि ठूलो राहात मिलेको बताइन्। 

एकवर्ष अघि स्थापना भएको समाजले यसअघि धुर्मुस सुन्तली फाउण्डेशन र महावीर पुनको विज्ञान केन्द्रलाई पनि सहयोग गरेको थियो। 

डेउ कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell