PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गुणराज लुइँटेल सञ्चारिका अनलाइनको सम्पादक नियुक्त



गुणराज लुइँटेल सञ्चारिका अनलाइनको सम्पादक नियुक्त

काठमाडौँ :  सञ्चारिका अनलाइनको सम्पादकमा पत्रकार गुणराज लुइँटेल नियुक्त भएका छन्। यसअघि सो अनलाइनमा मोहन मैनाली सम्पादक थिए। 

पत्रकार लुइँटेल यसअघि अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक थिए। यसअघि 'कान्तिपुर' दैनिक र 'नागरिक' दैनिकमा समेत उनले लामो समय काम गरेका थिए। अन्नपूर्ण पोस्ट नयाँ व्यवस्थापनमा जानुअघि उनी त्यहाँका कार्यकारी सम्पादक थिए। त्यसैगरी नागरिक दैनिकको पश्चिमेली संस्करणको आवासीय सम्पादकको रुपमा पनि उनले काम गरेका थिए।

पछिल्लो समय उनी सेतोपाटीमा प्रमुख/लेखक टिप्पणीकारको रुपमा आवद्ध थिए। लुइँटेलले फिलिपिन्सको अटेनियो डे मनिला युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन्।

युगसम्वाद साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उनी सिंगापुरको नान्याङ टेक्नोलाजिकल युनिभर्सिटीका एसिया जर्नालिजम फेलो (२०१०) समेत हुन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell