PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माओवादी नेता नेत्रविक्रम चन्दका छोराद्वारा आत्महत्या प्रयास



माओवादी नेता नेत्रविक्रम चन्दका छोराद्वारा आत्महत्या प्रयास
प्रतीकात्मक तस्बिर साभार : health.ninemsn.com.au

काठमाडौँ : नेकपा- माओवादीका सचिव नेत्रविक्रम चन्द 'विप्लव'का छोरा नक्षत्र चन्दले आत्महत्याको प्रयास गरेका छन्।

काठमाडौँ मैजुबहालस्थित घरमा चन्दसहित एक युवती विष खाएको अवस्थामा भेटिएपछि तत्काल ओम अस्पताल लगिएको थियो। 

सुरुमा अज्ञात व्यक्तिले उनीहरुलाई विष खुवाएको खबर आए पनि पछि आत्महत्या प्रयास भएको प्रारम्भिक अनुसन्धानले देखाएको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको घरबाट 'सुसाइड नोट' समेत भेटिएको छ। 

अहिले दुवैको स्वास्थ्य अवस्था आशाजनक रहेको छ। विष खाइकेपछि बान्ता गर्दैगर्दाको अवस्थामा परिवारले भेट्टाएर तत्काल उपचारका लागि अस्पताल पुर्‍याएका थिए। 

प्रहरीका अनुसार आत्महत्याको प्रयासको कारण प्रेम सम्बन्ध देखिएको छ। आफूहरुको प्रेम सम्बन्ध परिवारले स्वीकार्ने अवस्था नदेखिएपछि आत्महत्या गर्न लागेको सुसाइड नोटमा उल्लेख भएको प्रहरी स्रोत बताउँछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell