PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

तेजाब छ्याप्ने युवक अब मुद्दाको फैसला नहुन्जेल थुनामा



तेजाब छ्याप्ने युवक अब मुद्दाको फैसला नहुन्जेल थुनामा

काठमाडौँ : बसन्तपुरमा दुई छात्रालाई तेजाब खन्याएको आरोप लागेका जीवन विकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश आज  काठमाडौँ जिल्ला अदालतले दिएको छ।

उनीविरुद्ध ज्यान मार्ने प्रयास गरेको भन्दै सरकार वादी मुद्दामा सुनुवाईको क्रममा अदालतले यस्तो आदेश दिएको हो।

अब उनी मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै रहनुपर्नेछ। 

 
रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको थियो। २४ दिनको अनुसन्धानपछि चैत २९ मा मुद्दा दर्ता गरिएको थियो।

यो पनि हेर्नुस्-
किन गरेका रहेछन् जीवनले संगीतामाथि तेजाब आक्रमण?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell