PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गृहको हन्टिङ लाइन - गर्नुस गुनासो : यस्तो रह्यो गृह मन्त्रीको पहिलो कल



सविन ढकाल

गृहको हन्टिङ लाइन - गर्नुस गुनासो : यस्तो रह्यो गृह मन्त्रीको पहिलो कल

स्थानः गृह मन्त्रालय। समयः बिहानको ११ बजेर ३० मिनेट। फोनमा छन् गृह मन्त्री। 

हेलो ! हेलो ! ! हेलो ! ! !

महतजी भन्नुहोस् म गृहमन्त्री बोल्दै छु।

उताबाट जवाफ आएको सुनिँदै थियो।

गृह मन्त्रीः प्रश्न होइन गुनासो राख्नुहोस्।

महतः हाम्रो ठाउँमा सरकारी गाडीको दुरुपयोग एकदमै बढेर गएको छ।

गृह मन्त्रीः तपाईँले यी कुरा स्थानीय प्रशासनलाई भन्नुभयो?

महतको जवाफ खासै बुझिएन। 

गृह मन्त्रीः अरु समस्या के छन् भन्नुहोस्? 

महतः विकास निर्माणको नाममा भष्टाचार एकदमै बढेर गएको छ।

गृह मन्त्रीः कसरी थाहा भयो भष्टाचार भयो भनेर?

महतः हुँदै नभएको काममा कागज बनाएर पैसा खाइन्छ।

गृह मन्त्रीः कति समय भयो? 

महतः ५ देखि ६ दिन अगाडि। स्थानीय तहमा सिनियर कर्मचारीलाई जुनियर र जुनियरलाई सिनियर बनाएर लगिएको छ।

गृह मन्त्रीः म तत्काल नै यो विषयमा छानविन गर्छु। यस्ता समस्या भए सम्पर्क गर्दै गर्नु होला।

गृह मन्त्रीले आफ्ना सहयोगीलाई भने, 'जुम्लाको सिडियोलाई फोन लगाउनु होला।'

गृह मन्त्रीका सहयोगीले तत्काल फोन लगाए। 

गृह मन्त्रीः सिडियो सा'ब नम्कार। म गृह मन्त्री मन्त्रालयको टोल फ्री नम्बरबाट बोल्दै छु।

तपाईँको जिल्लामा सरकारी गाडीको दुरुपयोग भएको, विकास निर्माणमा भष्टाचार भएको र कर्मचारी बढुवा हचुवाको भरमा भएको भन्ने गुनासो आएको छ। तत्काल छानविन गर्नुहोला। धन्यवाद। 


माथिको सम्वाद सोमवारबाट गृहमन्त्रालयले जनताको गुनासो, जानकारी सुन्नको लागि संचालनमा ल्याएको टोली फ्री नम्बरबाट भएको कुराकानी हो। मन्त्रालयको टोल फ्री नम्बर ११२ मा सर्वसाधारणले सिधै आफ्नो गुनासो र जानकारी टिपाउन सक्छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell