PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धनगढी उपमहानगरमा कांग्रेस विजयी, वड बने पहिलो दलित मेयर



धनगढी उपमहानगरमा कांग्रेस विजयी, वड बने पहिलो दलित मेयर
फोटो साभार : दिनेश एफएम

धनगढी : प्रदेश नम्बर ७ मा रहेको धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिकाको मेयरमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमाल बने। हमालले ११ हजार ५२७ मत पाए।

वड उपमहानगर प्रमुख हुने पहिलो दलित हुन्। नेपाली कांग्रेसले उपमहानगर जितेको पनि यो पहिलो हो। 

उपमेयरमा काँग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी भए। उनका निकट प्रतिस्पर्धी नेकपा (एमाले)की रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाइन्। 

छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell