PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीको गृहनगरमा एमालेकै बर्चश्व, दमक नगरप्रमुखमा रोमनाथ ओली विजयी



रासस

ओलीको गृहनगरमा एमालेकै बर्चश्व, दमक नगरप्रमुखमा रोमनाथ ओली विजयी

दमक : झापाको दमक नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

यसअघि आफ्नो वचश्र्व राख्दै आएको दमक नगरमा यसपटकसमेत एमालेले आफ्नो बलियो उपस्थिति कायम गर्न सफल भएको छ। एमाले अध्यक्ष केपी ओलीको गृह नगरका रुपमा चिनिने दमकमा एमालेले अभूतपूर्व जित हासिल गरेको हो। 

दमक नगर प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गीता अधिकारी निर्वाचित भएका हुन्। 

निर्वाचित ओलीले १० हजार ८०६ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापाले सात हजार ६५५ मत प्राप्त गरे। 

यसैगरी, उपप्रमुखमा अधिकारी १२ हजार ६२५ मत ल्याइ विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रेगिना भट्टराईले आठ हजार ९१२ मत प्राप्त गरिन्। 

यसैगरी दमक नगरका १० वटा वडामध्ये एमालेले आठ वटा वडामा प्यानलनै जित हासिल गरेको छ। दमक १ र ७ वडामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेको छ। निर्वाचित वडा नं १ बाट ताराप्रसाद अधिकारी, वडा नं २ बाट प्रजापति सापकोटा, वडा नं ३ मा नवीन बराल, वडा नं ४ मा कुमार साम्सुहाङ, वडा नं ५ मा इन्द्र गुरुङ, वडा नं ६ मा टेकबहादुर थापा, वडा नं ७ मा भिम पौडेल, वडा नं ८ मा पशुपतिराज गौतम, वडा नं ९ मा रामप्रसाद धिमाल र वडा नं १० बाट बोधराज न्यौपाने वडाअध्यक्षमा विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell