PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोर्चुगल कांग्रेसमा गैरे र घिमिरेको दाबी 



पहिलोपोस्ट

पोर्चुगल कांग्रेसमा गैरे र घिमिरेको दाबी 

  • बासु सत्याल 
लिस्बनः नेपाली कांग्रेसको प्रवास भातृ संगठनको नेपाली जनसम्पर्क समितिको अधिवशन सुरु भएको छ। नेपाली जनसम्पर्क समितिको अधिवेशन सुरु भइसँगै यूरोपको पोर्चुगलमा उम्मेदवारहरु कसिएर चुनावी अभियानमा जुटेका छन्।

झण्डै २ हजार सक्रिय र साधारण सदस्य रहेको पोर्चुगल   कांग्रेसमा आगामी सभापतिका लागि तीन जनाले दाबी गरेका छन्।  वर्तमान कार्यसमितिका उपसभापतिद्वय सुशील शर्मा गैरे र तिलक गैरे तथा महासचिब बिनोद घिमिरे नेतृत्वको दौडमा छन्।  नेतृत्वका दावी गरिरहेका दुबै गैरे नवलपरासीका हुन् भने घिमिरे अर्घाखाँचीका हुन्।  

लगातार दुई  कार्यकाल उपसभापति भइसकेका सुशील गैरे पटक(पटक कार्यबाहक साभापति भएरसमेत संगठन हाँकिसकेकाले आफूले नेतृत्व पाउनुपर्ने दावी गिररहेका छन् भने तिलक गैरे र विनोद घिमिरेले पनि नेतृत्व लिन आफु सक्षम  रहेको दावी गरिरहेका छन्।  

सहमतिको प्रयास 

नेतृत्वका लागि तीन आकांक्षी देखिएपछि पूर्वसभापति पूर्ण हमाल, वर्तमान सभापति लक्ष्मी सापकोटाले तथा महासमिति सदस्य  मुक्तिनारायण श्रेष्ठलगायतले मुल्याङ्कनको आधारमा सर्वसम्मत नेतृत्व चयन गरिने बताएका छन्। 

कांग्रेस पोर्चुगलको अधिवेशन प्रतिनिधिको रुपमा कांग्रेसका केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, सुरेन्द्र पाण्डे तथा  जनजाति महासंघका पूर्वअध्यक्ष तथा सभासद नगेन्द्र कुमाल आउनलागेका महासमिति सदसदस्य चिजकुमार तामाङ्ले बताए। 

सन् २००६ मा गठन भएको नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशन यही जुलाई २३ का लागि तोकएको छ। जनसम्पर्क समिति पोर्चुगल गठनपछि पूर्ण हमाल र लक्ष्मी सापकोटाले दुई(दुई कार्यकाल नेतृत्व गरिसकेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell