PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

संसदमा खोजियो अस्पतालमा हराएको किड्नी, निष्पक्ष छानबिनको माग



संसदमा खोजियो अस्पतालमा हराएको किड्नी, निष्पक्ष छानबिनको माग

काठमाडौं : मनमोहन अस्पतालमा पत्थरीको अपरेसन गर्दा मृगौला झिकेको विषय संसदमा प्रवेश गरेको छ। सांसद्हरुले मानिसले बाँच्नका लागि भनेर जाने अन्तिम स्थानमा नै अंग निकालिदिने कुराले सिंगो स्वास्थ्य क्षेत्रको नै बदनाम हुने भन्दै त्यसको छानबिन गरी भविष्यमा त्यस्ता घट्ना नहोरिने अवस्थाको ग्यारेन्टी गर्न सरकारसँग माग गरे। 

'प्रतिष्ठित नेता मनमोहन अधिकारीका नाममा खोलिएको अस्पतालमा बिरामीको किड्नी झिकिएको विषय बाहिर आएको छ। उहाँजस्तो प्रतिष्ठित व्यक्तिलाई बदनाम गर्न हुँदैन,' कांग्रेस सांसद् रामहरी खतिवडाले भने, 'मनमोहन, वीपी, गणेशमान जस्ता व्यक्तिलाई कुनै व्यवसाय गरेर बदनाम गर्ने कुरा जुनसुकै दलमा लागेको होस्, गर्नु हुँदैन।'

उनले मनमोहन घट्ना नुवाकोटका शिव रिमाल र मनमोहन अस्पतालको विषय मात्र नभए सिंगो स्वास्थ्य क्षेत्रलाई नै बदनाम गर्ने विषय भएको भन्दै यसको छानविन आवश्यक भएको बताए।

'घटना बाहिर आइसकेपछि अस्पतालले जे कुरा बाहिर ल्याएको छ, त्यो चित्तबुझ्दो गरी आएको छैन। किनभने अस्पतालले नै शंकास्पद कुरा गरिरहेको छ,' खतिवडाले भने, 'एउटा विरामीलाई बचाउनका लागि कुनै काम भएको छ भने त्यसबापत विरामीलाई उपचारको व्यवस्था बाँचुन्जेल गरिदिने र उसका छोराछोरी पढाइदिने कहाँको अस्पतालले गर्छ?'

उनले अस्पतालको भनाईले नै केही गडबड संकेत गरेको भन्दै त्यही कारण निष्पक्ष छानविन आवश्यक भएको बताए।
 
माओवादीका सांसद रामनारायण विडारीले मनमोहन घट्नाले स्वास्थ्य क्षेत्रमाथि जनआस्था नै टुट्ने खतरा भएको भन्दै त्यसको निस्पक्ष छानविन आवस्यक भएको बताए।

'मनमोहन जस्तो इमान्दार नेताका नाममा खुलेको अस्पतालमा यस्तो हुनु दुःखद हो,' विडारीले भने, 'भविस्यमा यस्ता घटना हुन नदिन र मानिसले अन्तिम भरोसा गर्न जाने अस्पताहरुप्रति जनताको आस्था टुट्न नदिन पनि निस्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न आवश्यक छ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell