PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

८० नाघेका दुई वृद्ध उम्मेदवार स्थानीय तहमा विजयी



८० नाघेका दुई वृद्ध उम्मेदवार स्थानीय तहमा विजयी
भद्रपुरमा उम्मेदवारी दिएका एक वृद्ध। फाइल फोटो

काठमाडौँ : दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोचक मतपरिणाम आइरहेको छ। नियम अनुसार २१ वर्ष पुगेका व्यक्तिले कुनै पनि पदमा उम्मेद्वार दिनसक्ने व्यवस्था गरिए पनि अधिकतम उमेरबारे कहीँ कतै लेखिएको छैन। 

रमाइलो कुरा त के छ भने यस पटकको निर्वाचनमा ९८ वर्षीय वृद्धले समेत उम्मेद्वारी दिएका थिए। 

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाको वडा अध्यक्षमा विष्णुबहादुर रावलले उम्मेद्वारी दिएका थिए। उनी विजयी भने भएनन्। उनले मात्र ९८ मत प्राप्त गरे। 

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर ५ मा ९५ वर्षीय टेकबहादुर तामाङले सदस्यमा उम्मेद्वारी दिएकोमा १ सय ५ मत मात्र प्राप्त गरेका थिए। 

स्वतन्त्रबाट विराटनगर महानगरपालिकामा वडा नम्बर १८ मा सदस्यमा उम्मेद्वारी दिएका दयानन्द मण्डलले अहिलेसम्मको मतगणनामा ९० मत प्राप्त गरे। 

सुनसरीको कोशी गाउँपालिकामा पनि ९३ वर्षीय वृद्ध सफिद मियाँले वडा नम्बर ८ मा सदस्यमा उम्मेद्वारी दिएका थिए। उनले पनि पराजय नै भोग्नु पर्‍यो।
 
८० वर्ष काटेका ५३ जना वृद्धले यसपटकको निर्वाचनमा उम्मेद्वारी दिएका छन्। 

५३ जनामध्ये ८२ वर्षीय कोइली चमारले भने रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा दलित महिला सदस्यमा राप्रपाबाट उम्मेद्वारी दिएकी चमारले भने ५ सय ४७ मत ल्याएर विजयी भएकी छिन्। 

८२ वर्षीय चमार अहिले पनि खेतिबारीको काममा सक्रिय छिन्। चमारलाई हामीले सम्पर्क गर्दा बिहीबार उनी धान रोप्न खेतमा गएको उनका छोरा कसन चमारले बताए। 

कसन भन्छन्, 'उहाँ अझै सक्रिय हुनहुन्छ। उमेरले पाको भएपनि केही गर्नुहुन्छ।‘ 

त्यस्तो त कोइली चमार स्थानीय क्षेत्रमा स्वास्थ्य स्वयंसेविका नै हुन्। वर्षौँदेखि उनले गाउँमा बच्चा जन्मँदा सालनाल काट्ने गर्न गरेको छोराले बताए।  

८० वर्षीय कानी चमारले बाँकेको जानकी गाउँपालिकामा ५ सय ८८ मत प्राप्त गरेर दलित महिला सदस्यमा विजयी भएकी छिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell