PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो



पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो
फाइल फोटो

  • नरहरि पौड्याल-
कास्की : पोखरा विमानस्थलमा बिहीबार अवतरणको क्रममा यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ। अवतरणको क्रममा धावन मार्गमै जहाजको ‘नोज ह्विल’ लक भएपछि विमान दुर्घटनाको मुखमा पुगेको थियो।

केही समय लगाएर विमानलाई पार्क एरियामा ल्याएर मर्मत गरिएको थियो। विमानमा सवार सबै सकुशल रहेको नागरिक उड्डयन कार्यलय पोखराले जनाएको छ।

 काठमाडौंबाट यात्रु लिएर आएको ६०७ नाइन एन एजेसी कलसाइनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा समस्या देखिएको थियो। एयरलाइन्समा अकस्मात खराबी देखिएपछि करिब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण बन्द गरिएको थियो।

धावनमार्गमै विमानको ‘नोज ह्विल’ लक भएपछि विमानस्थलका सबै सेवा प्रभावित भएको नागरिक उड्डयन कार्यलय कास्कीका प्रमुख भोला गुरागाँईले जानकारी दिए।

उनका अनुसार काठमाडौँबाट आएको आरएको जहाज पोखरा अवतरण नगरी काठमाडौँ नै फर्काइएको थियो।

विमानमा कुनै क्षति नभएको प्रमुख भोलाप्रसाद गुरागाईंले बताए। विमान ल्याण्ड हुने क्रममा विमानको ‘नोज ह्विल’ लक भएका कारण विमान दायाँ र बायाँ मोड्न मिलेको थिएन। केही समयपछि उक्त जहाज मर्मतगरी पुनः काठमाडौँ फर्किएको गुराँगाईले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell