PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल टेलिकममा डाटा ह्याक प्रकरण : आखिर १८ वर्षका किशोरले किन दिए धम्की?



सविन ढकाल

नेपाल टेलिकममा डाटा ह्याक प्रकरण : आखिर १८ वर्षका किशोरले किन दिए धम्की?

काठमाडौं : 'दुरसंचारको सबै डाटा मसँग सुरक्षित छ। म जतिबेला पनि नेपाल टेलिकममको फोन ह्याक गर्न सक्छु,' आइतवार कार्यालय खुल्ने बित्तिकै भद्रकालीका रहेको नेपाल टेलिकमको मुख्य कार्यलयमा कल आयो।

'सबै टेलिकम नै ह्याक गर्नसक्छु' भनेपछि कार्यालयमा ठूलै भूकम्प गयो। अब के गर्ने होला? को हो यस्तो धम्की दिने? प्रश्नै प्रश्न जन्मिए। 
टेलिकममा कार्यरत प्राविधिक कर्मचारीले फोन गर्ने ब्यक्तिको नम्बर पत्ता लगाउन थाले। केही बेरमा नै नम्बर पत्ता लाग्यो। ९८६३७४५१७०।

नम्बर पत्ता लाग्यो अब के गर्ने? टेलिकमका पदाधिकारीहरुको बैठकले प्रहरीलाई खबर गर्ने निर्णय गर्यो। त्यसपछि टेलिकममा कर्मचारीले महानगरीय अपराध महाशाखामा पुगेर निवेदन दिए। निवेदनमा अज्ञात व्यक्तिले टेलिकमकै डाटा ह्याक गर्ने धम्की दिएको उल्लेख गरिएको छ। 

निवेदन प्राप्त गर्ने बित्तिकै प्रहरी फोन गर्नेको खोजीमा जुट्यो। घटना भएको चौबीस घन्टामै प्रहरीले पत्ता लगायो फोन गर्ने को थियो। धम्कीपूर्ण फोन गर्ने ओखलढुङ्गा सुनकोसी गाउँपालिका १० का १८ वर्षीय पुरुषोत्तम अधिकारी रहेको खुल्यो। महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको ग्र्यान्डी हाइट धापासीबाट पक्राउ गर्यो। अन्तत: उनी १२ को पढाइ सकेर भरखरै काठमाडौं आएको खुल्यो। प्रहरीको बयानमा अधिकारीले आफू 'पपुलर हुन र दुरसंचारको सेवा राम्रो नभएको र नागरिक ठगिएको भन्दै सचेत गराउन' फोनमात्र गरेको भने। 

एसपी प्रकाशजंग कार्कीले भने, 'हाम्रो अनुसन्धानमा त्यस्तो ह्याक गर्ने क्षमता उनमा नभएको देखिएको।' 

प्रहरीले अधिकारी विरुद् सार्वजानिक ऐन अन्तरगत मुद्दा दायर गराएको छ । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell