PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

स्वस्थ खाना सम्बन्धी आम सरोकारका विषय अब एउटै किताबमा



पहिलोपोस्ट

स्वस्थ खाना सम्बन्धी आम सरोकारका विषय अब एउटै किताबमा

काठमाडौं: पुस्तक ‘खाना खानुभयो ?: हाम्रा भान्साबारे बजारको भ्रम’ विमोचन भएको छ। पुस्तकका लेखकमध्ये डा. अरुणा उप्रेतीको उपस्थितीमा पुस्तक लोकार्पण गरिएको हो।

आइबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले यो पुस्तकको विषयमाथी चर्चा समेत गरे। उनले उक्त किताबले स्वास्थ्य बारे आम सरोकारलाई सम्बोधन गर्ने बताए। भने,'सामान्य साक्षरलाई समेत उसको स्वास्थ्यबारे सचेत गराउन सक्छ।'

’कार्यक्रममा लेखक डा. उप्रेतीले जनस्वास्थ्य विशेषज्ञका रुपमा नेपालका सहरी क्षेत्रदेखि दुर्गम गाउँसम्म डुल्दा बजारका भ्रमपूर्ण विज्ञापनले बनाउँदै लगेको पोषण सम्बन्धि डरलाग्दो विश्वास सबैका लागि चूनौती भएको सुनाइन्। सोही समस्या न्यूनिकरण र खाना बारे जन चेतना बिस्तारका लागि किताब लेखेको दाबी गरिन्।

कार्यक्रममा पुस्तकका अर्का लेखक लक्ष्मण अधिकारीले औषधिको विकल्पमा पुग्नुभन्दा पहिले नै हाम्रा भान्छादेखि खानपिनसम्मका कुराहरु आम पाठकमा पुर्‍याउन पब्लिकेशन्स नेपालय दिएको योगदानका लागि धन्यवाद व्यक्त गरे।

यसअघि आम स्वास्थ्य सरोकारका विषयमा डा. जीवन प्रसाईका दुइ पुस्तक पब्लिकेशन नेपालयले प्रकाशित गरेको छ। १५ वटा विभिन्न उपशिर्षकमा तयार पुस्तक २०५ पृष्ठको छ। तीन सय ४५ रुपैयाँ मूल्य राखिएको वितरकले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell