PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

स्पेनलाई हराउँदै जर्मनी दोस्रो पटक यू-२१ यूरो च्याम्पियन



पहिलोपोस्ट

स्पेनलाई हराउँदै जर्मनी दोस्रो पटक यू-२१ यूरो च्याम्पियन

जर्मनी दोस्रो पटक यू-२१ युरो च्याम्पियन बनेको छ। ८ वर्षपछि यूरो २१ को उपाधि जित्ने क्रममा जर्मनीले गएराती फाइनलमा स्पेनलाई १-० ले हरायो।

पहिलो हाफमा मिचेल वाइजरले गरेको एक मात्र गोल जर्मनीलाई च्याम्पियन बनाउन निर्णायक रह्यो। वाइजरले खेलको ४०औं मिनेटमा गोल गरेका थिए।

जर्मनी सेमिफाइनलमा इंगल्याण्ड तथा स्पेन इटलीलाई हराउदै फाइनल पुगेका थिए।

जर्मनीले यसअघि सन् २००९ मा इंगल्याण्डलाई पराजित गर्दै पहिलो पटक यू-२१ यूरोको उपाधि जितेको थियो। उपाधि जितेपछि जर्मनीले इंगल्याण्ड, नेदरल्याण्ड र सोभियत युनियनसँगै दुई पटक च्याम्पियन बन्ने रेकर्ड बराबरी गरेको छ। इटलीले सर्वाधिक ५ तथा स्पेनले ४ पटक उपाधि जितिसकेका छन्।

फाइनलमा पराजित भएपनि प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड भने स्पानिस खेलाडी हात पारे। स्पेनका डानी सेवालेसले प्लेअर अफ दी टुर्नामेन्टको अवार्ड जिते।

गोल्डेल प्लेयरको सट्टामा दिन थालिएको प्लेअर अफ टुर्नामेन्टको अवार्ड जित्ने सेवालेस पहिलो खेलाडी समेत बनेका छन्।

यस्तै सेमिफाइनलमा इटली विरुद्ध ह्याट्रिकसहित सर्वाधिक ५ गोल गरेका स्पेनका सउल निगेजले गोल्डेल बल अवार्ड जते। उनले एक असिस्ट समेत गरेका थिए।

३ गोल गर्नुसका सथै एक असिस्ट समेत गरेका स्पेनकै मार्को असेन्सिओले सिल्भर बल को अवार्ड पाए भने ३ गोल नै गरेका पोर्चुगलका ब्रुमाले ब्रोन्ज बल को अवार्ड पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell