PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भक्तपुरको लोकन्थलीमा पेट्रोल पम्पनजिकै आगलागी



पहिलोपोस्ट

भक्तपुरको लोकन्थलीमा पेट्रोल पम्पनजिकै आगलागी

काठमाडौँ : भक्तपुर लोकन्थलीको सिद्धार्थ पेट्रोल पम्प नजिकैको एक छाप्रोमा मंगलबार साँझ आगलागी भएको छ।

साँझ सवा सात बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यलय भक्तपुरका डीएसपी कृष्ण प्रसाइँले बताए। स्थानीय बासिन्दा, प्रहरी र एक दमकलको सहयोगमा १५ मिनेटपछि आगो नियन्त्रणमा आएको छ।

आगो कसरी लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

भिडियो सौजन्य : तीर्थ चापागाइँ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell