PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तरएयरलायन्स टेबलटेनिसमा रञ्जना च्याम्पियन



पहिलोपोस्ट

अन्तरएयरलायन्स टेबलटेनिसमा रञ्जना च्याम्पियन

काठमाडौं : आयोजक नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल अन्तरएयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ च्याम्पियन बनेकी छिन्।

चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा रञ्जनाले शत प्रतिशत जित निकाल्दै उपाधि जित्न सफल भएकी हुन्।

रञ्जनाले प्रतिद्वन्द्वीत्रय उषा सिम्खडा, निमा डोमा शेर्पा र अन्जु शाहलाई समान २–० ले हराइन्। पराजित तीनै प्रतिस्पर्धी पनि आयोजक निगमकै हुन्। अन्जु शाह र निमालाई समान २–० को सोझो सेटमा हराएकी उषा दोश्रो भइन्। निमाले तेश्रो स्थानमा चित्त बुझाइन्। निमाले अन्जुलाई २–० ले नै पाखा लगाइन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कतार एयरवेजका कमल श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन्। कमलले निगमका सुरेशविक्रम हमाललाई ११–९, ९–११, ३–११, १३–११ र ११–५ को प्रतिस्पर्धात्मक सेटमा हराए।

फाइनलमा कमलको भेट निगमका नवीनबहादुर शाक्यसंग हुनेछ। नवीन एयर अरेबियाका प्रज्ज्वल कर्माचार्यलाई ३–० को सीधा सेटमा हराउँदै यसअघिनै फाइनलमा पुगिसकेका छन्।

तेश्रो स्थानका लागि भएको खेलमा भने सुरेशले सफलता पाए। उनले एयर अरेबियाका प्रज्ज्वललाई ११–७, ११–६ र ११–३ को सोझो सेटमा पराजित गरे।

पुरुष डबल्समा निगमका नवीन र प्रितम प्रधानको जोडी फाइनलमा पुगेका छन्। उक्त जोडीले निगमकै जयबहादुर चन्द र समिर केसीको जोडीलाई १६–१४, ११–७ र ११–९ को सोझो सेटमा हराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell