PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तारे होटलको संख्या १२० पुग्यो, पर्यटकस्तरीय होटल ९८५



रासस

तारे होटलको संख्या १२०  पुग्यो, पर्यटकस्तरीय होटल ९८५

काठमाडौँः  पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ। 

आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ। 

तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२/७३ सम्म ९६० भएकोमा आर्थिक वर्ष २०७३/७४ को प्रथम आठ महिनासम्ममा ९८५ पुगेको छ। 

यस्तै तारास्तरका होटलको श्याको सङ्ख्या पनि क्रमशः वृद्धि भएको छ। आव २०७२/७३ मा नौ हजार ७१० भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनामा चार प्रतिशतले बढेर १० हजार ७१ श्याया पुगेको छ। 

ताराबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा २८ हजार १७१ पुगेको छ । त्यसैगरी अघिल्लो वर्षको तुलनामा क्यासिनो सञ्चालनको सङ्ख्या पनि बढेको छ। 

आव २०७२/७३ मा तीन क्यासिनो सञ्चालन भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनामा दुई वटा थप भई हाल पाँचवटा सञ्चालनमा रहेका छन् । त्यस्तै तीन वटा मिनी क्यासिनो र एक अनलाइन ग्यामिङ सञ्चालनमा रहेको जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell