PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एसीपिएल : बंगलादेश टाइगर्सको दोस्रो जित



पहिलोपोस्ट

एसीपिएल : बंगलादेश टाइगर्सको दोस्रो जित

काठमाडौं : एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा बगलादेश टाइगर्सले दुबई वारियर्सलाई ५ विकेट पराजित गरेको छ।

१ सय ५३ रनको लक्ष्य बंगलादेश टाइगर्सले एक बल बाँकी छदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

बगलादेशको जितमा सन्जोगले सर्वाधिक ६४ रन बनाए भने क्वाजीले ४२ रनको योगदान गरे। दुबई वारियर्सका सतिश कुमारले ३ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको दुबई वारियर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो। उसका लागि दावद इजाजले सर्वाधिक ६५ रन बनाए। बंगलादेश टाइगर्सका संकेत साहुले ३ विकेट लिए।

६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगितामा बगलादेश टाइगर्सको यो दोस्रव जित हो। पहिलो खेलमा अफगानिस्तान बुल्सलाई हराएको बंगालदेश टाइगर्स दोस्रो खेलमा नेपाल स्ट्रोमसँग हारेको थियो।

यता पहिलो खेलमा श्रीलंकन लायन्सलाई हराएको दुबई वारियर्सको यो पहिलो हार हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell