PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कन्फेडेरेसन कप : समूह बी का दुबै खेल बराबर



पहिलोपोस्ट

कन्फेडेरेसन कप : समूह बी का दुबै खेल बराबर

रसियामा भइरहेको कन्फेडेरेसन कप अन्तर्गत बिहिबार भएको समूह बी को दुबै खेल बराबरीमा सकिएको छ।

अष्ट्रेलिया र क्यामरुन तथा जर्मनी र चिलीले १-१ गोलको बराबरी खेल्दै १/१ अंक बाँडेका हुन्।

समूह चरणमा दुई-दुई खेल पश्चात चिली र जर्मनीले समान ४ अंक झोडेका छन्। गोलअन्तरका आधारमा चिली मसमूहको शीर्ष स्थानमा छ।

कजान एरेनाका भएको खेलमा चिली र जर्मनीले १-१ को बराबरी खेलेका हुन्। खेलको छैटौँ मिनेटमै एलेक्स सान्चेजले गोल गर्दै चिलीलाई १-० को अग्रता दिलाएका थिए। तर ४१औं मिनेटमा लार्स स्टिनडलले जर्मनीका लागि बराबरी गोल फर्काए।

त्यसअघि क्यामरुन र अष्ट्रेलियाले पनि १-१ कै बराबरी खेलेका थिए। सेन्ट पिटर्सवर्ग स्टेडियममा आन्द्रे अङ्गुएसाले पहिलो हाफको अन्त्यतिर गोल गर्दै क्यामरुनलाई पहिले अग्रता दिलाएका थिए।

तर ६०औं मिनेटमा मार्क मिलिगनले पेनाल्टीमार्फत बराबरी गोल गर्दै अष्ट्रेलियालाई एक अंक दिलाए। बराबरीपछि क्यामरुन र अष्ट्रेलियाको समान १ अंक छ र सेमिफाइनल पुग्ने झिनो सम्भावना बाँकी राखेको छ।

समूह बी अन्तर्गत अब जर्मनी र क्यामरुन तथा चिली र अष्ट्रेलियाबीच आगामी आइतबार खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell