PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

के छ न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदनमा ?



रासस

के छ न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदनमा ?

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय सेवालाई छिटो, सर्वसुलभ र सबैको पहुँचमा पुर्याउनुपर्ने बताएकी छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक (आव २०७२/०७३) प्रतिवेदन बुझाउन आयोजित समारोहमा राष्ट्रपतिले न्याय सेवा सर्वसुलभ रुपमा सबैको पहुँचभित्र हुनुपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले न्यायलयलाई समयअनुसार सुविधासम्पन्न र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिदैं न्यायलयसहित सबै न्यायिक निकाय सुविधासम्पन्न र प्रभावकारी हुनुपर्ने बताइन्। 

सो अवसरमा कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन (आव २०७२/०७३) राष्ट्रपतिसमक्ष प्रस्तुत गरे। 

प्रतिवेदनमा न्याय परिषद्ले सर्वोच्च अदालतमा २०७२ फागुन १८ गते ११ जना न्यायाधीश नियुक्ति गरेको, २०७२ साउन २१ गते जिल्ला अदालतका लागि ६० जना न्यायाधीश नियुक्ति गरेको र नेपालको संविधान आएपछि उच्च अदालतको व्यवस्था गरी ८० न्यायाधीश समेत नियुक्त गरेको उल्लेख छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सर्वोच्च अदालतका न्यायाधीशहरु सिफारिस गरेको पनि प्रतिवेदनमा उल्लेख छ । 

न्यायपरिषद् र न्याय सेवा आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने संवैधानिक व्यवस्था छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell