PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मतदानको पाँच दिनअगाडि किन गरियो निर्वाचन आयोगमा विवादास्पद सचिवको सरुवा?



मतदानको पाँच दिनअगाडि किन गरियो निर्वाचन आयोगमा विवादास्पद सचिवको सरुवा?

काठमाडौँ : सरकारले दोस्रो चरणको निर्वाचनको मतदान हुनु पाँच दिन अघि निर्वाचन आयोगका सचिवको सरुवा गरेको छ। आयोगमा सचिव रहेका गोपिनाथ मैनाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएको छ। 

मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा भने महेश्वर न्यौपानेलाई कामु सचिवका रुपमा ल्याएको छ। सहसचिव न्यौपाने एनसेल कान्डमा विवादास्पद बनेका थिए। 

उनी उद्योग विभागको महानिर्देशक रहँदा एनसेल खरिदबिक्री भएको थियो। एनसेलको लाभकरमा उनले सरकारको स्ट्याण्ड राख्न सकेका थिएनन्। पछि एनसेललाई लाभांश बापतको रकम (क्यास रिप्याट्रियशन) विदेश लैजान दिन उनले राष्ट्र बैंकसँग सहमति जनाएको खुलेपछि तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीले उनलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए। त्यसपछि उनी एक महिना विदा बसेका थिए। 
पछि श्रम मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगे पनि अर्थका दुई सचिवले तत्कालीन अर्थ मन्त्री कृष्णबहादुर महरासँग न्यौपानेलाई भित्र्याउन हुन्न भन्ने कडा अडान राखे। अर्थमा अवरोध आएपछि उनलाई सामान्य प्रशासन मन्त्रालयमा लगिएको थियो। 

उनै न्यौपानेलाई अहिले प्रधानमन्त्रीको प्रस्तावमा कामु सचिवको रुपमा निर्वाचन आयोगमा सरुवा गरिएको हो।

त्यसैगरी अर्थ मन्त्रालयमा रहेका सचिव राजन खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। क्षेत्रीय प्रशासन कार्यालय दीपायलमा रहेका शिशिर ढुङ्गानालाई भने अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell