PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सफाइ अभियानका १०० सप्ताह : कस्तो छ वाग्मतीको अवस्था हेर्नुस् भिडियो रिपोर्ट



सफाइ अभियानका १०० सप्ताह : कस्तो छ वाग्मतीको अवस्था हेर्नुस् भिडियो रिपोर्ट

शनिबार वाग्मती सफाइ अभियानको सयौँ सप्ताह धूमधामका साथ मनाइँदैछ। प्रधानमन्त्री, मन्त्री मात्र हैन, सत्तारुढ दल र विपक्षी दल सबैले आफ्ना नेता र कार्यकर्ताहरुलाई शनिबार बिहानै सुन्दरीजलदेखि चोभारसम्मको मानव साङ्लोमा सहभागी हुन निर्देशन दिएका छन्। सत्तारुढ कांग्रेस-एमालेका नेता कार्यकर्तासँगै विपक्षी एमाओवादी र वैद्य नेतृत्वको नेकपा-माओवादीहरु हातमा हात मिलाउँदैछन्। वाग्मती सफा गर्न थालेको सय सप्ताह बितेको छ। कस्तो छ त गोकर्णदेखि चोभारसम्मको नदीको अवस्था? पहिलोपोस्ट टिमले यो साता स्थलगत अवलोकन गर्दा के देख्यो? हेर्नुस् भिडियो रिपोर्ट

स्वराङ्कन : रविराज बराल, भिडियो सम्पादनः अनन्त कोइराला, सम्पादन सहयोगः मनोज सत्याल, स्टिल फोटोः अंगद ढकाल, क्यामेराः उमेश श्रेष्ठ, शब्दः ऋषिकेश दाहाल। पहिलोपोस्ट टिमको रिपोर्ट। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell