PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई सय प्रहरीको बढुवा सिफारिस



पहिलोपोस्ट

दुई सय प्रहरीको बढुवा सिफारिस

काठमाडौं : लामो समयदेखि प्रहरी संगठनमा रोकिएको प्रहरी बढुवा सुरु गरेको छ।

बुधबार बसेको बढुवा समितिको निर्णयले २ सय १० जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा गर्न सिफारिस सूची प्रकाशित गरेको छ।

माथिल्लो तह एआइजीमा रिक्त रहेको पदमा विवाद हुँदा तल्लो तहबाट बढुवा सुरु भएको प्रहरी स्रोतले जानकारी दियो। बढुवा रोकिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), प्रहरी नायब महानिरीक्षक (डीआइजी) चार, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) १०, प्रहरी उपरीक्षक (एसपी) १२, प्रहरी नायब उपरीक्षक (डीएसपी) ७० र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा २ सय ५० भन्दा र अन्य ४ हजारभन्दा बढी पद लामो समय देखि रिक्त छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell