PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मोनोरेलको सपना देखाउने मेयरको आफ्नै लागि मोबाइल किन्ने र भत्ता तोक्ने निर्णय 



रमेश वाग्ले

मोनोरेलको सपना देखाउने मेयरको आफ्नै लागि मोबाइल किन्ने र भत्ता तोक्ने निर्णय 

काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै लागि मोबाइल किन्ने निर्णय गरेका छन्। 

निर्वाचित भएपछि बसेको महानगरपालिका बोर्डको दोस्रो बैठकले मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोबाइल किन्ने र सिमसहित हस्तान्तरणको निर्णय गरेको हो। 

असार ६ को बैठकले गरेको निर्णय अनुसार नगरपालिका सदस्यका लागि ३० हजार रुपैयाँको मोबाइल सेट र एउटा सिम दिइनेछ। मोबाइल खर्च वापत् उनीहरुले मासिक २५ सय रुपैयाँ पाउने निर्णय पनि भएको छ।  

सदस्यका लागि मूल्यको सीमा तोकिए पनि मेयर र उपमेयरका लागि भने मूल्य नतोकी बिलअनुसार भुक्तानी गर्ने गरी खरिदको निर्णय भएको छ। 

त्यस्तै मासिक मोबाइल खर्चसमेत बिल अनुसार भुक्तानी गर्ने निर्णय भएको छ। 

बिल अनुसार भुक्तानी गर्ने निर्णयले जुनसुकै मोडलको खरिद गर्न पाइन्छ। नेपालमा महँगा फोन मध्ये एक आइफोन-७ एस २५६ जीवीको १ लाख ३८ हजार रुपैयाँ मूल्य पर्छ। 

यस्तै, बोर्डको दोस्रो बैठकले मेयर, उपमेयर तथा सदस्यहरुको भत्तासमेत तोकेको छ। तोकिएको भत्ता अनुसार मेयर र उपमेयरले बैठक भत्ता १५ सय रुपैया पाउने छन् भने सदस्य तथा आमन्त्रित सदस्यले एक हजार रुपैयाँ पाउनेछन्। 

यस्तै महानगर बोर्डको निर्णयबाट कानुन नबन्दासम्मका लागि भन्दै जनप्रतिनिधिहरुको पारिश्रमिकको बजेट पनि ३५ लाख पुर्‍याइएको छ।

  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell