PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उदयपुरका मतदातासँग प्रचण्डको अपिलः यसपटक चोरलाई चौतारो, साधुलाई सुली नहोस्



पहिलोपोस्ट

उदयपुरका मतदातासँग प्रचण्डको अपिलः यसपटक चोरलाई चौतारो, साधुलाई सुली नहोस्

कटारीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चोरलाई चौतारो र साधुलाई सुली नगर्न मतदातालाई अपील गरेका छन्।
 
उदयपुरको कटारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसपटक माओवादी केन्द्रलाई जिताएर देशको समृद्धि र विकासको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका हुन्।

प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्दै गर्दा देश टुक्रने त होइन भन्ने खतरा थियो । केपी ओली एउटा समुदायलाई काखा र अर्कोलाई पाखा गरेर देशमा बिखण्डनको बिउ रोपिरहनु भएको थियो। देश नै नरहने त होइन भन्ने गम्भीर चिन्ता थियो । तर, हामीले देशलाई सम्हाल्यौं। हिमाल, पहाड र तराई–मधेशबीच सुदृढ एकता कायम गरियो। देशको एकता र स्वाभिमानका लागि ठूलठूला चूनौतिहरुको सामना गरियो। रातदिन मेहेनत गरेर लोडसेडिङ अन्त्य गरियो, ७.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरियो, विकास आयोजनाले तिब्रता लिए, संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गरियो। यसको जस माओवादीले पाउनुपर्छ। विगतमा यो बुझाईमा अलिकति कमि भयो, यसपालि माओवादी केन्द्रलाई जिताएर देशको समृद्धि र विकासको नेतृत्व गर्ने अवसर दिनुहोस्। चोरलाई चौतारो र साधुलाई सुली नहोस्।’

आफ्नो १० महिने प्रधानमन्त्री कालको अनुभव सुनाउँदै प्रचण्डले भने, ‘हिमाल, पहाड र तराई–मधेशको एकता बलियो पारिएको छ, महाकालीमा पुल, हुलाकी राजमार्ग, ओबिओआर, रेलवे लगायतका योजनाहरु सम्पन्न हुँदैछन्, नेपालमा उज्यालो युगको आरम्भ भएको छ।

दुवै छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम गरिएको छ। यसलाई निरन्तरता दिन पनि माओवादीले जित्नुपर्छ, जिताउनु पर्छ। माओवादीले हार्यो भने फेरि नेपाल अँध्यारो युगमा धकेलिन सक्छ।’

माओवादीका लागि सबै जाति, समुदाय, धर्म र भूगोल समान रहेको बताउँदै प्रचण्डले देशलाई एकताको एउटै मालामा उन्न सक्ने विचार मात्रै सक्कली राष्ट्रवाद भएको बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell