PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल ‘मोस्ट वान्टेड’, सूचना दिनेलाई पुरस्कार



कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल ‘मोस्ट वान्टेड’, सूचना दिनेलाई पुरस्कार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई फरार सूचीमा राख्दै उनीहरुबारे सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ। 

सार्वजनिक सञ्चार माध्यममा महत र ढकालको फोटोसहितको सूचना प्रकाशित गरी देख्ने वा फेला पार्ने जोसुकैलाई आयोगको हटलाइन र नजिकको प्रहरी कार्यालयमा सूचना दिन अनुरोध गर्ने तयारी गरेको अख्तियार स्रोतले पहिलोपोस्टलाई बतायो। 

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पालामा गठन भएको कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा अख्तियारले सदस्य चुडामणि शर्मालाई गत १९ जेठमा नियन्त्रणमा लिएको थियो। 

त्यसलगत्तै महत र ढकाललाई पनि अख्तियारमा उपस्थित हुन सूचना जारी गरिएकोमा उनीहरु उपस्थित नभएकोले अख्तियारले फरार घोषणा गरेको हो। 

आयोगले राज्यले पाउने २० अर्ब रुपैयाँ बढी राजस्व मिनाहा गरेको थियो। चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत संयोजक एवं उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा सदस्य रहेको आयोगले राज्यको ढुकुटीमा आउने राजस्व मिनाहा गरेको थियो।

सम्बन्धित समाचार
कर फर्छ्यौट आयोग मार्फत यसरी लुटाइन्छ राज्य

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell