PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुडान काण्डका दोषी दुई पूर्वआइजीसहित चारले गरे आत्मसमर्पण, आजै जेल चलान



पहिलोपोस्ट

सुडान काण्डका दोषी दुई पूर्वआइजीसहित चारले गरे आत्मसमर्पण, आजै जेल चलान

काठमाडौंः बहुचर्चित सुडान घोटला काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेका दुई प्रहरी महानिरीक्षकसहित चार जनाले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका छन्।

आत्मसमर्पण गर्न सर्वोच्च अदालत पुगेका पूर्वआइजीपीद्वय ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वएआइजी दिपकसिंह थाङ्देन र पूर्वडिआइजी दीपक श्रेष्ठलाई सदरखोर डिल्लीबजारमा लगिएको छ। 

‘उहाँहरु चारै जनाले आएर आत्मसमर्पण गर्नुभयो र कानुनन अनुसार कार्वाही अघि बढाउन आग्रह गर्नुभयो,’ महानगरीय प्रहरी आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने,‘ कानुनले तोकेको सजाय अनुसार उहाँहरुलाई डिल्लीबजारस्थित जेल चलान गरिएको छ।’

सुडान घोटालाकाण्डमा परेको मुद्धामा फैसला गर्दै सर्बोच्च अदालतले गत जेठ १७ गते तत्कालीन महानिरीक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरी कारवाहीको फैसला सुनाएको थियो।

तात्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले फैसला गरेको थियो। फैसलाको झण्डै तीन हप्ता पछि चार जनाले आत्मसमर्पण गरेपनि दोषी ठहर भएका अर्का तात्कालिन आइजीपी रमेश चन्द ठकुरीसहितका अन्य दोषीहरु भने अझै कानुनको दायरामा आएका छैनन्।

यस्तै यसैगरीदोषी ठहर भएका श्यामसिंह थापा र रवीप्रताप राणा पनि थिए। उनीहरुपनि कानुनी दायरामा आएका छैनन्।

सर्वोच्चले पूर्वआईजीपी राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो।  

एआईजी थाङदेनलाई ५० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको थियो। 
सर्बोच्चमा आफै गएर आत्मसमर्पण गरेमा दोषीलाई सजायमा केही छुट हुने प्रचलन छ।

प्रहरी स्रोतका अनुसार छोरीको बिहेमा व्यस्त रहेका पूर्व आइजीपी ठकुरीले पनि केही दिनभित्रै आत्मसमर्पण गर्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell