PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एसिपिएल : नेपाल स्ट्रोमको जितमा भुपेन्द्र थापाको अर्धशतक



पहिलोपोस्ट

एसिपिएल : नेपाल स्ट्रोमको जितमा भुपेन्द्र थापाको अर्धशतक

काठमाडौं : एसियन क्लब प्रिमियर लिग एसिपिएलमा नेपाल स्ट्रोमले विजयी सुरुवात गरेको छ। नेपाली खेलाडी भुपेन्द्र थापाले अर्धशतक बनाएपछि नेपाल स्ट्रोमले बंगलादेशी टाइगर्सलाई बुधबार ७ विकेटले हरायो।

१ सय ४९ रनको लक्ष्य नेपाल स्ट्रोमले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा भुपेन्द्रले नटआउट रहदै ५१ रन बनाए।

नेपाल स्ट्रोमको यो पहिलो खेल हो भने बंगलादेश टाइगर्सको दोस्रो खेल हो। सोमबार उद्घाटन दिन नेपाल स्ट्रोम र दुबई वारियर्सको खेल तय भएपनि हुन सकेन। यस्तै बंगलादेश टाइगर्सले मंगलबार भएको खेलमा अफगानिस्तान बुल्सलाई ३ रनले हराएको थियो।

कीर्तिपुरस्थति टीयू मैदानमा नेपालका कप्तान हसिव अमजादले टस जित्दैब लादेशी टाइगर्सलाई पहिले ब्याटिङको निम्तो दिए। जसलाई बलरहरुले सही सावित गरिदिए। बंगलादेश टाइगर्स १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो।

बंगलादेश टाइगर्सका लागि पाञ्चलले सर्वाधिक ३० तथा सन्जोगले २७ रन बनाए। नेपाल स्ट्रोमका लागि मालविन्दरले ३ तथा कप्तान हमजाद र दिशान्त यादवले २-२ विकेट लिए।

जवाफमा भुपेन्द्रले घरेलु मैदानमा उत्कृष्ट इनिङ्स खेलेपछि नेपाल स्ट्रोमले सहज जित हात पार्‍यो। भुपेन्द्रलाई अर्को छेउमा दिशान्त यादवले गतिलो साथ दिए। यी दुई खेलाडीले तेस्रो विकेटका लागि मात्र ७२ बलमा ९७ रनको साझेदारी गरे।

३७ बल खेल्दै भुपेन्द्र ५१ रनमा नटआउट रहे भने दिशान्तले ३५ बलमा ४६ रन बनाए। कप्तान हमजाद ७ रनमा नटआउट रहे। त्यसअघि ओपनर पवन चाँडेलले २३ तथा गौरव बारबाडे ११ रन बनाएर आउट भएका थिए। बंगलादेश टाइगर्सका लागि पवन कुमारले २ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell