PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देशको राजनीतिक अवस्थाका कारण तीन चरणमा निर्वाचनः गृहमन्त्री



रासस

देशको राजनीतिक अवस्थाका कारण तीन चरणमा निर्वाचनः गृहमन्त्री

धनगढीः गृहमन्त्री जनार्दन शर्माले देशको राजनीतिक अवस्था र मधेस आधारित दलको मागका कारण सरकारले एकै चरणमा स्थानीय निर्वाचन गराउन नसकेको बताएका छन्।

कैलालीको धनगढीमा ७ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको बताए।

उनले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई देश विकास र समृद्धिको बाटोमा जाने बताए। 

गृहमन्त्री शर्माले संविधानको कार्यान्वयनपछि विकासको प्रतिस्पर्धाको अभ्यास र भ्रष्टाचार विरोधी काम सुरु हुनेसमेत बताए। 

संविधानबमोजिम अब प्रशासनिक निकायको पुनःसंरचनाको आवश्यकता रहेको उल्लेख गर्दे गृहमन्त्री शर्माले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई नयाँ संरचनामा लैजानुपर्ने आवश्यकता औँल्याए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell