PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टीलाई जिताउन कहाँकहाँ जाँदैछन् कांग्रेसका केन्द्रीय प्रतिनिधि?



रमेश वाग्ले

पार्टीलाई जिताउन कहाँकहाँ जाँदैछन् कांग्रेसका केन्द्रीय प्रतिनिधि?

काठमाडौं : नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा सोमबार साँझ बसेको बैठकले दोस्रो चरणमा स्थानीय तह निर्वाचन हुने ३५ जिल्लाका लागि प्रतिनिधि छनौट गरेको हो। 

यसैगरी समितिले केन्द्रीय प्रतिनिधि र जिल्लाका स्थानीय नेताहरुको भूमिका अनुगमनका लागि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठन गरेको छ। अनुगमन कार्यदलमा केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय ‘डिना’, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती रहेका छन्।  

पार्टीको केन्द्रीय निर्वाचन सिमितिले खटाएका केन्द्रीय प्रतिनिधिहरुलाई सम्बन्धित जिल्लामा गएर पार्टीका आन्तरिक विवाद मिलाउने, स्थानीय तहमा बनेको रणनीतिमा सुझाव दिने तथा कार्यान्वयन गराउने र चुनाव जिताउने जिम्मेवारी दिइएको छ। 

समितिले दोस्रो चरणको निर्वाचनका लागि पहिलो चरणमा निर्वाचन भएका क्षेत्रका सांसदलाई तथा केन्द्रीय सदस्यलाई प्राथमिकतामा राखिएको छ। तेस्रो चरणमा निर्वाचन हुने दुई नम्बर प्रदेशका सांसद तथा केन्द्रीय सदस्यलाई पनि केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ। केन्द्रीय प्रतिनिधिहरु कतिपय जिल्लामा तीन जनासम्म रहे पनि धेरैजसो जिल्लामा भने एक एक जनाका दरले खटाइएको छ। 

जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरु केन्द्रीय सदस्यमात्र नभएर सांसद समेत छन्। यी हुन् ३५ जिल्लाका कांग्रेस प्रतिनिधिहरु। 
 
१. ताप्लेजुङ                 भीमसेनदास प्रधान (काठमाडौँ)
२. पाँचथर                   अर्जुनप्रसाद जोशी (पर्वत)
३. इलाम                     श्यामकुमार घिमिरे (सिन्धुली)
४. झापा                      डा. रामशरण महत (नुवाकोट)
५. संखुवासभा         प्रकाशमान सिंह (काठमाडौं) र जीवन परियार (कास्की)
६. तेह्रथुम            जगदीश्वर नरसिंह के.सी. (नुवाकोट)
७. भोजपुर           बहादुरसिंह लामा तामाङ (नुवाकोट)
८. धनकुटा           मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक)
९. मोरङ             बिमलेन्द्र निधि (धनुषा)
१०. सुनसरी          अर्जुननरसिंह के.सी. (नुवाकोट)
११. सोलुखुम्बु        यज्ञबहादुर थापा (कास्की)
१२. खोटाङ          राजेन्द्रकुमार के.सी. (काठमाडौं)
१३. ओखलढुंगा      प्रकाश शर्मा पौडेल (बाग्लुङ)
१४. उदयपुर        तेजुलाल चौधरी (सप्तरी)
१५. गुल्मी         चन्द्रबहादुर कुँवर (लम्जुङ)
१६. पाल्पा         ध्रव वाग्ले (तनहुँ)
१७.अर्घाखाँची       कमला पन्त (गोरखा)
१८. नवलपरासी     रोमी गौचन थकाली (मुस्ताङ) र रंजीत कर्ण 
(सप्तरी) 
१९. रुपन्देही     महेन्द्र यादव (धनुषा) र शंकर भण्डारी (तनहुँ)
२०. कपिलवस्तु   धनराज गुरुङ (स्याङ्जा) र रामकृष्ण यादव 
(धनुषा)
२१. रुकुम        गोविन्द भट्टराई (तनहुँ)
२२. रोल्पा       उदयशम्शेर राणा (ललितपुर)
२३. प्यूठान    रामचन्द्र पोखरेल (तनहुँ) र खड्गबहादुर बस्याल (सुर्खेत)
२४. दाङ       सुरेन्द्रराज पाण्डे (गोरखा)
२५. बाँके       हृदयराम थानी (सुर्खेत)
२६. बर्दिया     चित्रलेखा यादव (सिरहा), उमाकान्त चौधरी
(बारा) र रेशमबहादुर बानियाँ (म्याग्दी)
२७. बाजुरा       ईन्द्र बानियाँ (मकवानपुर)
२८. अछाम       मोहनप्रसाद बराल (सिन्धुली)
२९. बझाङ       प्रदीप पौडेल (तनहुँ)
३०. डोटी        चन्द्र महर्जन (ललितपुर)
३१. कैलाली      रत्न शेरचन (बाग्लुङ)
३२. दार्चुला       गगनकुमार थापा 
३३. बैतडी        तप्तबहादुर बिष्ट (सुर्खेत)
३४. डडेल्धुरा      शेषनाथ अधिकारी (चितवन)
३५. कञ्चनपुर     जीवनबहादुर शाही (हुम्ला)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell