PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कन्फेडेरेसन कप : जर्मनीको विजयी सुरुवात



पहिलोपोस्ट

कन्फेडेरेसन कप : जर्मनीको विजयी सुरुवात

विश्व विजेता जर्मनीले रसियामा भइरहेको कन्फेडेरेसन कपमा विजयी सुरुवात गरेको छ। आइतबार भएको समूह बी को प्रतिस्पर्धात्मक खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ ले पराजित गरेको हो।

फिस्ट ओलम्पिक स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै लार्स स्टिनडलले पाँचौ मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। ४१औं मिनेटमा टम रोजिकले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काए। तर पहिलो हाफको अन्त्यतिर युलियन ड्राक्सलरले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफको तेस्रो मिनेटमै लियोन गोरेज्काले गोल गरेपछि जर्मनीले ३-१ को अग्रता बनायो। त्यसको दश मिनेटपछि अष्ट्रेलियाका टोमी जुरिचले गोल फर्काउँदै गोल अन्तर ३-२ मा झारे। तर त्यसपछि खेलमा कुनै गोल भएन र जर्मनीले ३-२ को जित हात पार्दै ३ अंक जोड्यो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell