PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

निर्वाचन बिथोल्न राजपाले गर्‍यो आन्दोलन घोषणा, चार दिन आमहड्ताल



पहिलोपोस्ट

निर्वाचन बिथोल्न राजपाले गर्‍यो आन्दोलन घोषणा, चार दिन आमहड्ताल

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपालले आम हड्ताल सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको राजपाले निर्वाचन बिथोल्न आम हड्ताल सहितका विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

राजपाले आउँदो असार २ गते उम्मेद्वारी दर्तालाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअनुसार राजपाले जेठ ३०, ३१ गते र असार १ र २ गते आम हड्ताल घोषणा गरेको छ। राजपाले उम्मेद्वारी दर्ताको दिन जिल्ला स्थीत निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दीको कार्यक्रम सावजनिक गरेको छ।

त्यसअघि २९ गते भोलि मसाल जुलुसको कार्यक्रम गर्ने जनाएको छ।

त्यस्तै राजपा नेपालले असार १४ को निर्वाचन प्रभावित पार्न असार १० गतेदेखि अनिश्चितकालीन आम हड्ताल समेत घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell