PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फोटोमा हेर्नुस् म्यादी प्रहरीको आन्दोलन

फोटोमा हेर्नुस् म्यादी प्रहरीको आन्दोलन

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : स्थानीय तहको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले भर्ती गरेको म्यादी प्रहरीले सरकारले दिने भनिएको सेवा सुविधा नपाएको भन्दै प्रर्दशन गरेका छन्। ललितपुर जिल्लामा खटिएका म्यादी प्रहरीहरु महानगरीय प्रहरी परिसर ललितपुर अगाडि प्रदर्शन गरेका हुन्।

आफूहरुले खाजा र लत्ताकपडा वापतको रकम नपाएकाले प्रर्दशनमा उत्रिएको म्यादी प्रहरी नवराज अधिकारीले बताए। उनले भने, 'हामीले कुनै पनि सेवा सुविधाको रकम पाएनौं।'

तत्काल सरकारले सेवा सुविधा नदिए ललितपुरमा खटिएका सम्पूर्ण म्यादी प्रहरीले काम छोडेर आन्दोलमा उत्रिने चेतावनी दिएका छन्। सरकारले स्थानीय तहको निर्वाचनका लागि देशभर ४५ हजार म्यादी प्रहरी भर्ना गराएको थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell