PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

देउवा र ओली जब सभामुखको आसन अगाडि आमने सामने भए

देउवा र ओली जब सभामुखको आसन अगाडि आमने सामने भए


काठमाडौँ : केही दिनदेखिको लगातार संसद अवरोधपछि आज सुचारु भएको संसदको बैठकमा सबैभन्दा पहिला सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई समय दिए। उनले आफ्नो सम्बोधनमा सरकारको मात्र हैन, कांग्रेसको पनि आलोचना गरे।

एक घण्टाभन्दा लामो समय सम्बोधन गरिसकेपछि उनी रोष्ट्रमबाट झरे। सभामुखले  कांग्रेस सभापति शेरबहादुर देउवालाई बोल्न समय दिए। देउवा रोष्ट्रमतर्फ लाग्दै गर्दा रोष्ट्रमतर्फ फर्कँदै गरेका ओलीसँग जम्काभेट भयो सभामुखको आसन अगाडि। दुवैले हात मिलाए। 

'मेरो उम्मेदवारी किन भनेर बोलौँला भनेको अघिल्ला मित्रले उठाउनु भएका कुराको जवाफ दिनै पर्‍यो,' देउवाले १० मिनेटमात्र गरेको सम्बोधनको सुरुमा भने। उनले ओलीलाई कांग्रेसको चिन्ता नगर्न पनि सुझाव दिए। 

 


ट्रेन्डिङ पोस्ट

Ncell