PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय, मिति तोकिन बाँकी



भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय, मिति तोकिन बाँकी

काठमाडौं : भरतपुर महानगरपालिकामा मतगणना भइरहेको अवस्थामा मतपत्र च्यातिएपछि पुनः मतदान वा मतगणना भन्ने अन्यौललाई निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गर्दै टुङ्ग्याएको छ। 

निर्वाचन आयोगको आज बसेको बैठकले 'मतगणनास्थल कब्जा भएको पुष्टि भएको' उल्लेख गर्दै वडा नम्बर १९ को मतदान केन्द्रको सबै मत रद्द भएको ठहर गरेको हो। 

जेठ १४ गते मध्यरातमा मतगणना हुँदै गर्दा विवाद भएपछि मतपत्र च्यातिएको थियो। प्रमुख प्रतिपक्षी एमालेले यसलाई मतगणनास्थल कब्जा भएको भन्न नमिल्ने बताउँदै आए पनि आयोगले 'कब्जा भएको पुष्टि भएको' भनेको हो।  

'भरतपुर १९ को मतगणना गर्दैगर्दा मतगणना स्थल कब्जा भएको भन्ने पुष्टि हुन आयो। त्यसकारण मतपत्र च्यातिएको मतदान केन्द्रको सबै मत रद्द भएको ठहर गर्दै पुन: मतदानका लागि मिति स्थान र समय तोक्न प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भयो,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

नेकपा एमालेले मत गणना पहिलेकै ठाउँबाट थाल्नुपर्ने अडान लिएको थियो भने माओवादी केन्द्र र कांग्रेसले पुन: मतदान हुनुपर्ने अडान लिएको थियो। आयोगले यस विषयमा छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा छानबिन टोली गठन गरेको थियो। टोलीको प्रतिवेदनपछि आयोगले मत गणनाका क्रममा च्यातिएको मतपत्र संख्या किटान गर्न निर्देशन दिँदै प्रकृयालाई लम्ब्याएको थियो।  

९० वटा मतपत्र च्यातिएको प्रतिवेदन आएपछि दुई दिनसम्म बसेको बैठकले कुनै निश्कर्ष निकाल्न सकेको थिएन। शुक्रबार आयोगले नोक्सान भएका ९० मतपत्रलाई बदर गरी पुनः मतगणना गर्न निर्देशन दिनसक्ने समाचार 'लिक' भएको थियो। त्यसपछि दबाबमा परेको आयोगले शुक्रबार कुनै निर्णय गर्न सकेको थिएन। 

भरतपुरको १९ नम्बर वडामा २८६० मत खसेको थियो। यो वडामा किरण मावि किरणगञ्ज, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर र शारदा मावि शारदानगरबजार गरि तीन वटा मतदान केन्द्र रहेको छ। 

वडा नम्बर १९ को १८०९ भोट गनिसक्दा ७३३ मतले देवीको अग्रता थियो, जतिबेला मतपत्र च्यातियो।  

किरण मावि किरणगञ्जमा १२४८, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर १३०६ र शारदा मावि शारदानगरबजारमा १२४८ गरी कूल ३ हजार ८०२ मतदाता रहेका छन्। 

के छ निर्वाचन आयोगको विज्ञप्तिमा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell