PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नीकितालाई मिस नेपालको ताज, ४० फोटोमा हेर्नुस् यस पटकको मिस नेपाल प्रतियोगिता

नीकितालाई मिस नेपालको ताज, ४० फोटोमा हेर्नुस् यस पटकको मिस नेपाल प्रतियोगिता


काठमाडौँ : मोरङ उर्लाबारीकी २० वर्षीया नीकिता चन्दक यो वर्षकी नेपाल सुन्दरी बनेकी छिन्। 

होटल अन्नपूर्णमा भएको मिस नेपाल २०१७ मा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन्। उनले आगामी वर्ष हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। 

व्यवसायिक मोडल रहेकी चन्दकले भारतको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा फेसन कम्युनिकेसन अध्ययन गरेकी छिन्। 

मुख्य जज नेपाल राष्ट्र बैँकका गभर्नर चिरन्जीवी नेपालको महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान पुर्‍याउन सक्छन् भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस अर्थ नेपालको टाइटल हात पारेकी हुन्। 

रोजिना श्रेष्ठ मिस नेपाल अर्थ भइन् भने मिस नेपाल इन्टरनेसनको उपाधि अर्की मोडल नीति शाहले पाइन्। 

सहारा बस्नेत मिस एसिया प्यासेफिक इन्टरनेसनल घोषित भइन्। 

इलिट जोशीले खिचेका ४० फोटोमा हेर्नुस् यस पटकको मिस नेपाल प्रतियोगिता-

 
मिस नेपाल नीकिता चन्दक(बसिरहेकी), उभिरहेकामा बायाँबाट क्रमशः रोजिना श्रेष्ठ मिस नेपाल अर्थ, नीति शाह मिस नेपाल इन्टरनेसनल र सहारा बस्नेत मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनल
कार्यक्रमको सुरुमा सबै १९ प्रतिस्पर्धीहरु मञ्चमा।
पूर्व मिस नेपाल सुविन लिम्बु आफ्नो अनुभव सुनाउँदै।
पूर्व मिस नेपाल आफ्नो अनुभव सुनाउँदै।
निकिता चन्दक टप सेभेनमा परेको घोषणा हुँदा।
टप सेभेनमा पुगेका फाइनलिस्टलाई यसअघि जस्तो लिखित प्रश्नोत्तर नगरी मुख्य जजले सोधेको प्रश्नको पालैपालो जवाफ दिन लगाइएको थियो। एक जनाले दिएको जवाफ अर्कोले नसुनून् भनेर कानमा हेडफोन राख्न लगाइएको थियो।
सहारा बस्नेत मिस एसिया प्यासेफिक इन्टरनेसनल घोषित
नीति शाह मिस नेपाल इन्टरनेसनल घोषित।
रोजिना श्रेष्ठ मिस नेपाल अर्थ २०१७ घोषित।
रोजिना र गत वर्षकी मिस नेपाल अर्थ रोशनी खत्री।


ट्रेन्डिङ पोस्ट

Ncell