PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एन्फा र एपी वानबीच ५ करोड २५ लाखको प्रायोजन सम्झौता



पहिलोपोस्ट

एन्फा र एपी वानबीच ५ करोड २५ लाखको प्रायोजन सम्झौता

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फा र एपी वान एचडी टेलिभिजनबीच ३ वर्षका लागि ५ करोड २५ लाखको प्रायोजन सम्झौता भएको छ।

बिहिबार राजधानीमा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र एपी वानका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलबीच सम्झौता पत्रमा हसताक्षर भएको छ।

सम्झौता पछि आगामी तीन वर्ष सम्मको लागि एपी वान एन्फाको मुख्य प्रायोजन हुनेछ। साथै एन्फाले गर्नै फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नुका साथै मार्केटिङ र स्पोनसरसिपको अधिकार पनि एपी वानले खरिद गरेको छ।

जसवापत एपी वानले एक वर्षका लागि एन्फालाई १ करोड ७५ लाख रुपैयाँ प्रदान गर्नेछ।

सम्झौता पछि एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले आजको दिनलाई नेपाली फुटबलको सुखद दिन भएको बताए। 'एन्फाको छुट्टै मार्केटिङ डिपार्टमेन्ट नभएका कारण मार्केटिङ राइट पनि टिभीलाई नै दिएको हो। प्रतियोगिताबाट उठेको गेट मनी भने एन्फाले नै राख्नेछ। श्रेष्ठले स्पष्ट पारे।'

त्यसबाहेक अन्य स्पोनरसर मार्केटिङ लगायतको रकम भने टिभीले नै राख्नेछ।

यसमा एन्फालाई घाटा भएनर भन्न् प्रश्नमा अध्यक्ष श्रेष्ठले भने 'यो 'विन टु विन सिचुएसन' हो, हामीलाई घाटाको व्यापार भएजस्तो लाग्दैन।'

सम्दझतापछि नेपालमा एन्फाले आयोजना गर्ने सबै खालको प्रतियोगिताहरु एपी वानले प्रत्यक्ष प्रशारण गर्नेछ।

एक वर्षामा यती नै खेल प्रशारण गर्ने नतोकिएपदनि कम्तीमा वार्षिक ३० खेल प्रशारण गर्ने मोटामोटी सम्झौता भएको श्रेष्ठले जानकारी दिए।

एपी वानका पौडेलले अहिलेको फुटबलको अवस्थामा आजको दिन माइलस्टोन हुने बताए। हाम्रो जुन उद्देश्य अनुसार हामी अगाडी बढेका थियौँ, त्यही अनुसार नै अगाडी बढिरहेका छौँ। अब नेपाली टिभीमा पनि अन्तर्राष्ट्रिय स्तरको क्वालिटी दिने प्रयास हाम्रो हुनेछ। उनले भने।

'रंगशाला ढिलो चाँडो बन्ला। अनी त्यसको वरीपरी एलइडी टिभी राखेर फुटबल लाइभ गर्न सक्यो भने हाम्रो स्तर पक्कै बढ्छ।'

 

'छिटै लिगको मिती घोषणा'

एन्फा अध्यक्ष नरनेद्र श्रेष्ठले अबको केही दिनपछि नै ए डिभिजन लिगको मिति तय गरिने बताए।

'हाम्रो अहिलेको मुख्य चासो नै ए डिभिजन लिग हो। हामी केही समयपछि नै सल्लाह गरेर लिगको मिति तोक्छौँ।' श्रेष्ठले भने। 'आजको दिनबाट हामीले पार्टनर पनि पाएका छौँ, पक्कै पनि हामी अब सल्लाह गरेर अगाडी बढ्छौँ।'

यस्तै श्रेष्ठले क्लबहरु पनि लिगका खेल्न एकदमै उत्सुक रहेको प्रतिक्रिया दिए।

यता एपी वान का निर्देशक लक्षमी पौडेलले पनि अब ए डिभिजन लिग किन भएन भन्दा पनि कसरी गर्ने र राम्रो गर्ने भन्नेमा जोड दिनुपर्ने बताए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell