PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फोटोमा हेर्नुस् पोखरा महानगरका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण    

फोटोमा हेर्नुस् पोखरा महानगरका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण    

पहिलोपोस्ट /पहिलोपोस्ट


  • नरहरि पौड्याल
पोखराः पोखरा लेखनाथ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आइतवार सपथ तथा पदभार ग्रहण गरेका  छन्। 

मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङसहित ३३ वटै वडाका निर्वाचित जनप्रतिनिधिले सपथसंगैं पदभार ग्रहण गरेका हुन् ।

मेयर र उपमेयरलाई निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले पद तथा गोपनियताको सपथ गराएका थिए भने वडा सदस्यहरुलाई मेयर जिसीले सपथ गराएका थिए।

महानगरपालिकामा एक मेयर, एक उपमेयरसहित सबै वडाका वडाध्यक्ष, महिला एवंम् दलित सदस्य र दुई खुल्ला सदस्य गरी १ सय ६७ जना निर्वाचित भएका थिए। 

पदभार र सपथग्रहणसँगै तीन निर्णय 

महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरेलगतै महत्वपूर्ण तीन निर्णय गरेका छन्। उनीहरुले १० प्रतिशत बृद्धभत्ता बृद्धि गर्ने निर्णय गरेका हुन् । 

नेपाल सरकारले दिदै आएको मासिक भक्तामा महानगरभित्र रहेका जेष्ठ नागरिकका लागि महानगरको आन्तरिक स्रोतबाट बेहोर्ने गरी १० प्रतिशत भत्ता बृद्धि गर्ने निर्णय गरिएको हो । यो निर्णय आगामी आर्थिक वर्ष २०७४/७५ देखि लागू हुनेछ। 

त्यस्तै, महानगरको सेवालाई १० दिन भित्र प्रभावकारी बनाउने निर्णय गरिएको छ । महानगरबाट सेवाग्राहीले प्राप्त गर्ने सेवा छिटो छरितो बनाउनका लागि यो निर्णय गरिएको मेयर जिसीले बताए ।

अर्का निर्णयमा महिला हिंसा पीडितका लागि निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्ने रहेको छ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell