PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भरतपुर भिडन्त : देवीको अग्रता मात्र हजारको, रेणु पछ्याउँदै



पहिलोपोस्ट

भरतपुर भिडन्त : देवीको अग्रता मात्र हजारको, रेणु पछ्याउँदै

चितवन: नेकपा माओवादी केन्द्रकी भरतपुर महानगरकी मेयर उम्मेद्वार रेणु दाहालले एमाले उम्मेद्वार देवी ज्ञवालीसँगको दूरी छोट्याउँदै मात्र एक हजार ९ मतमा ल्याएकी छिन्।

यो समाचार तयार पार्दासम्म जारी मत गणनामा रेणु दाहालको मत ३९ हजार १ सय ५८ छ। त्यस्तै एमालेका देवी ज्ञवालीको मत  ४० हजार १ सय ६७  छ।

भरतपुरमा अब केवल ८ हजार ५ सय ३० मत गन्न बाँकी रहेको छ।

उपप्रमुखमा भने कांग्रेसकी पार्वती शाहको मत ४३ हजार १ सय २३ छ। एमाले उम्मेद्वार दिव्या शर्माको ३६ हजार ८ सय १४ मत पुगेको छ। अब वडा नं १९ र २० को गणना बाँकी छ।

आज साँझसम्ममा भरतपुरको मत परिणम आउने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell