PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विद्यासुन्दरलाई राजुराजको बधाइ, भन्छन् 'जनताका काममा एक्टिभ सहयोग रहन्छ'



रमेश वाग्ले

विद्यासुन्दरलाई राजुराजको बधाइ, भन्छन् 'जनताका काममा एक्टिभ सहयोग रहन्छ'

काठमाडौं:  १५ दिनअघि काठमाडौं महानगरमा चुनाव हुँदै गर्दा धेरैको अनुमान थियो –कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुन्छ। अनुमान गरिएझैं उनीहरुबीच सुरुवाती चरणको मत गणनामा प्रतिस्पर्धा नै देखियो।

तर, महानगरको मत गणना जति-जति अन्त्यतिर जाँदै गयो दुईबीचको मतान्तर पनि बढ्दै गयो। राजुराजको मत स्थिर हुँदा विद्यासुन्दरको मत चुलियो।

फराकिलो अग्रता बनेपछि ८ हजार मत गन्न बाँकी छँदै राजुराज करिव २० हजार मतले पछि परे। र, हार स्वीकार गर्दै विजयका लागि विद्यासुन्दरलाई बधाइ दिए।

'कारण जेसुकै होस् मैले हारेको छु र विद्यासुन्दरजीले जित्नुभएको छ,' राजुराजले पहिलोपोस्टसँग भने, 'जनमतबाट निर्वाचित हुनु भएकोमा उहाँलाई बधाइ दिन चाहन्छु।'

उनले बधाइसँगै अब कुनै पार्टी विशेषको प्रतिनिधि मात्र नभएर महानगरवासीको प्रतिनिधि भएर काम गर्न र सफलता प्राप्त गर्न शुभकामना पनि दिए।

'मैले जितेको भए पनि म कांग्रेसको नभएर महानगरको प्रतिनिधि भएर काम गर्थेँ र गर्नुपर्थ्योँ,' जोशीले भने, 'अब उहाँले पनि महानगरवासीको प्रतिनिधि भएर काम गर्नुहुन्छ, किनभने महानगरवासीले कांग्रेस, एमाले वा अरु अमूक पार्टीको नभएर आफ्नो प्रतिनिधि चुनेका हुन्।'

उनले प्राप्त जनमत र त्यसबाट निर्वाचितलाई सँगै लिएर हिड्न आग्रह गर्दै सबै मिलेर अघि बढे मात्र समस्याको सम्वोधन पनि सहज हुने बताए।

'मिलेर गए महानगरको समस्या र महानगरवासीको आवश्यकताको सम्वोधन सहज हुन्छ, 'जोशीले भने, 'हामीले चुनाव हार्दै गर्दा पनि उपमेयरसहित करिव ४० प्रतिशत मत पाएका छौँ त्यो मतमा 'पव्लिक समर्थन' छ भनेर बुझ्नुहोला।'

उनले महानगरको विकास र महानगरवासीका काममा विना कुनै पूर्वाग्रह सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell