PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२० हजार मतान्तरसहित काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित



पहिलोपोस्ट

२० हजार मतान्तरसहित काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

काठमाडौँ : काठमाडौँको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्। लगातार १४औँ दिनसम्मको मतगणनापछि देशकै सवैभन्दा धेरै मतादाता भएको महानगरको मेयरको नतिजा सार्वजनिक भएको हो। 

१९ हजार ६४४ मतको भारी मतान्तरले मेयरमा शाक्य विजयी भएका हुन्। यस्तै, उपमेयरमा खड्गीले पनि  २४ हजार ९८ मतको मतान्तरसहित जित हासिल गरिन्। 

शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाए। 

उपमेयरमा खड्गीले ५८ हजार ९५२ मत पाइन्। राप्रपाका श्रेष्ठले ३४ हजार ८५४ मत पाए। 

काठमाडौँको अन्तिम मत परिणाम अनुसार विवेकशील नेपालीकी रञ्जु दर्शना २३ हजार ४३९ मतसहित तेस्रो र साझा पार्टीका किशोर थापा १८ हजार ४९६ चौथो स्थानमा रहे। सत्तारुढ दल माओवादी केन्द्र काठमाडौंमा पाँचौं स्थानमा रह्यो। 

काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल भएको थियो। तालमेलमा मेयरमा एमाले उम्मेद्वार शाक्य विजयी भए पनि उपमेयरमा कांग्रेसले बाजी मारिन्। गठबन्धनका तर्फबाट उपमेयरका उम्मेद्वार रहेका राप्रपाका श्रेष्ठ पराजित भए। 


कूल एक लाख ९७ हजार २२७ खसकेकोमा ६ हजार १८३ मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बदर अनुपात कूल मतको तीन दशमलव १३ प्रतिशत हो। 

यसअघि गतगणना सम्पन्न भएपछि पनि उम्मेद्वार र दलका प्रतिनिधि आउन ढिलो गर्दा हुँदा मत परिणाम सार्वजनिक र विजयी उम्मेद्वारलाई प्रमाणपत्र दिन केही ढिलाई भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell